लमजुङमा विद्युतको पोलमा तार सर्ट भइ वर्कसपमा आगलागी


३० जेष्ठ २०७९, सोमबार १२:५५ मा प्रकाशित

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबारमा रहेको धारापानीमा ‘अधिकारी वर्कसप’मा आगलागी भएको छ ।

भोटेओडारका रामचन्द्र अधिकारीले सञ्चालन गर्दै आउनुभएको वर्कसपमा आज बिहान आगलागी भएको प्रहरीले जनाएको छ । वर्कसप नजिकै रहेको बिजुलीको पोलको तार सर्ट आगलागी भएको थियो ।

वर्कसपमा सर्भिसिङका लागि ल्याइएको एउटा मोटरसाइकल, २ वटा स्कुटर र ७ वटा पुराना ९कवाडी० मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागी भएको खबर पाउने बित्तिक्कै प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here