काठमाडौं । नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’बाट धीरज राई र अनुजा अग्रवालको जोडी बाहिरिएको छ । शनिबारको एपिसोडबाट गायक धीरज र कोरियोग्राफर अनुजा प्रतियोगिताबाट बाहिरिएका हुन ।
आफु गायक भएरपनि नृत्यमा आधारित लिभिजन रियालिटी शो यहाँसम्म आइपुग्नु नै आफनोे जित भएको प्रतिकृर्या दिनु भएको थियो ।
अन्य चार प्रतिस्पर्धी जोडी सेमिफाइनलमा प्रवेश गरेका छन् । परमिता राणा, प्रीति आले, अमर अमृत र छिरिङ शेर्पाको जोडी सेमिफाइनलमा प्रवेश गरेका हुन । शुक्रबारदेखि हुने सेमिफाइनलबाट दुई जोडीले फाइनल यात्रा तय गर्नेछन् ।
असार १४ गते शोको ग्रान्ड फिनाले हुँदैछ । शोको निर्णायकमा गौरी मल्ल दिलीप रायमाझी र रेनशा बान्तवा राई रहनु भएको छ ।
कार्यक्रम प्रत्येक शुक्रबार र शनिबार हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।





