सुनको भाउ १ हजार ५ सय रुपैयाँले बढ्यो


२९ जेष्ठ २०७९, आईतवार १३:५० मा प्रकाशित

काठमाडौँ । आज सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here