काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउन ध्यान आकर्षण गर्नु भएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कृषकहरुलाई यथाशीघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिनु भयो ।
खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा आफनो ध्यानाकर्षण भएको बताउदै’ सापकोटाले ‘यथाशीघ्र कृषकहरुलाई मल उपलब्ध हुनसक्ने गरी व्यवस्थापन गर्न, गराउन सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
प्रतिनिधि सभा बैठकमा सांसदहरुले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै किसानहरुले सर्वसुलभ रुपमा मल पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।





