स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टीलाई गठबन्धनले मूल्याङ्कन गर्न सकेनः झलनाथ खनाल


२८ जेष्ठ २०७९, शनिबार १३:०६ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठिक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको बताउनुभएको छ ।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नंवर १५ का समाजवादी उम्मेदवारलाई बिजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले निर्वाचनमा गठबन्धनले ठिक ढंगले मूल्यांकन र सम्मान गर्न नसकेको र जसका कारण पार्टीलाई धेरै फाइदा नभएको बताउनुभएको हो ।

उहाँले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो बिजयी हासिल गरेको दावी गर्नुभयो । १५ वडामा पनि तालमेल गर्दा सवै पद गुमाउनुपर्ने भएकाले नै एक्लै चूनाव लड्ने निर्णय गरेको र सफलता प्राप्त भएको उहाँको भनाइ छ ।

खनालले बिद्रोहबाट गठन गरेको पार्टी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल भएको भन्दै आगामी दिनमा जनतालाई भरोषा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउदै लैजानुपर्ने धारणा राख्नुभयो । काठमाडौंको मेयरमा नयाँ मान्छे बिजयी भएकाले सवैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here