स्करपियो दुर्घटनामा परि कर्णाली साकोसका उपाध्यक्ष खरेलको निधन


२८ जेष्ठ २०७९, शनिबार ०७:०८ मा प्रकाशित

बिर्तामोड । इलामको सूर्योदय नगरपालिका ७ मा सवारी दुर्घटनामा परि झापाको बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष इश्वरीप्रसाद खरेलको निधन भएको छ।

कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी चढेको गाडी इलाममा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी संस्थाका उपाध्यक्ष बिर्तामोड ३ निवासी ५७ वर्षिय खरेलको निधन भएको हो।

कर्णाली साकोसका पदाधिकारी चढेको प्रदेश १ –०१–००१६–९१९३ नम्बरको स्कोरपियो बिर्तामोडबाट इलामको फिक्कलतर्फ जादै गर्दा साँझ ७.३० बजेतिर सूर्योदय नगरपालिका ७ मा सडकबाट सय मिटर तल झरेको प्रहरीले जनाएको छ।

सहकारीका अध्यक्ष बिर्तामोड ३ निवासी वर्षिय टिएस प्रधान, कोषाध्यक्ष बिर्तामोड ८ निवासी ४५ वर्षिय एकराज विष्ट, सहकारीका सदस्य बिर्तामोड ५ निवासी ५० वर्षिय गणेश पराजुली, कर्मचारीहरु बिर्तामोड ४ का ५३ वर्षिय सन्तोष श्रेष्ठ र बिर्तामोड ४ का ४५ वर्षिय डिल्ली बस्नेत घाइते भएका छन्।

उनीहरुको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here