नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडद्वारा नगर प्रमुख,उपप्रमुखलाई स्वागत


२७ जेष्ठ २०७९, शुक्रबार २२:४१ मा प्रकाशित

बिर्तामोड । नेपाल निजामती कर्मचारी संगठन नगर कमिटी बिर्तामोडले नगर प्रमुख र उपप्रमुखलाई स्वागत सम्मान गरेको छ ।
संगठनले शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलालाई स्वागत सम्मान गरेको हो । संगठनका अध्यक्ष मोहन सुवेदीले नगरप्रमुख प्रसाई र उपप्रमुख संग्रौलालाई खादा लगाएर स्वागत गर्नु भयो ।


कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले बिर्तामोडलाई राम्रो नगर बनाउनका लागि कर्मचारीहरुले जनतालाई जवाफ दिन सकिनेगरीका काम गर्नु पर्ने बताउनु भयो । सबैले कार्यालय समयको ख्याल गर्नु पर्ने बताउँदै उहाँले पदीय जिम्मेवारी अनुसार जवाफदेहि र इमान्दार भएर काम गर्न निर्देशन दिनु भयो । यस्तै उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले कर्मचारीहरुले अनुशासित भएर काम गर्नु पर्ने बताउनु भयो । सेवाग्राहीलाई सहज ढंगले सेवा दिनु पर्ने भन्दै उहाँले सम्मानित हुनेगरिका काम गर्न निर्देशन दिनु भयो । विभिन्न अनुगमनमा जाँदा फोन गरेर,जानकारी दिएर जान नहुने भन्दै उहाँले अर्थाथ अवस्था थाहा पाउन छड्के अनुगमन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार न्यौपाने,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, संगठनका केन्द्रीय सदस्य दिपक सापकोटा,निवर्तमान केन्द्रीय सदस्य डिल्ली दाहाल,राष्ट्रिय स्वास्थ्यकर्मी संघ प्रदेश १का सचिव ओम खड्का, स्वास्थकर्मी संघ झापाका उपाध्यक्ष बाबुराम निरौला लगायत नगरकमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । संगठनका अध्यक्ष मोहन सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव टिका अधिकारीले गर्नु भएको थियो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here