बिर्तामोड नगरपालिकाद्वारा कृषकलाई बाख्रा वितरण


२७ जेष्ठ २०७९, शुक्रबार २१:३० मा प्रकाशित

झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर ८मा रहेको किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहलाई उन्नत जातका बाख्रा वितरण गरेको छ ।
नगरको पशुपंछी तथा मत्स्य विकास शाखाको नियमित कार्यक्रम मेयर पकेट बाख्रा साटासाट अन्तर्गत शुक्रवार आयोजित एक कार्यक्रमका विच १५ जना कृषकहरुलाई ३ वटाका दरले ४५ वटा र समुहलाई एउटा बोयर जातको विउ बोको वितरण गरीएको हो । कृषकहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई,उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले बाख्रा वितरण गर्नु भयो ।

यस अघि बाख्रा प्राप्त गरेको वडा नम्बर ७को श्रीजंघा बाख्रापालन कृषक समुह र हरियाली बाख्रापालन समुहले आफ्नो दायित्व अनुसार फिर्ता गरेको बाख्रा किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहका कृषकलाई वितरण गरीएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले ग्रामिण क्षेत्रका किसानहरुको जिवनस्तर उकास्नका लागि यो कार्यक्रम ल्याइएको बताउनु भयो । यस कार्यक्रमबाट धेरै कृषकहरुले लाभलिएको बताउँदै उहाँले कुनै पनि कारणले बाख्रा मरे त्यसको प्रमाणसहित पेश गर्दा नगरले अर्को बाख्रा उपलव्ध गराउने जानकारी दिनु भयो । यस्तै उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगरको कृषि तथा पशुपंछीसंग सम्बन्धित कार्यक्रमहरु महत्वपुर्ण र दिर्घकालिन रहेको बताउनु भयो । उहाँले कृषकहरुलाई बाख्राका लागि पौष्टिक जातका घांसहरु लगाउन पनि आग्रह गर्नु भयो ।

बिर्तामोड नगरपालिकाले २०७४ साल यता ५ सय वटा बाख्रा वितरण गरिसकेको पशुपंछि तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिनु भयो । उहाँले हालसम्ममा ४१ लाख रुपैयाँको १६५ वटा बाख्राको खोर निर्माण गरेको बताउनु भयो । किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहकी अध्यक्ष भावना ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समासेवी गोपाल लकान्द्री,प्राविधिक विष्णु भट्टराई,निमेश थापा लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here