जीप दुर्घटनामा परी तीन जनाको मृत्यु


२७ जेष्ठ २०७९, शुक्रबार ११:४८ मा प्रकाशित

काठमाण्डौ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

चार जना गम्भीर घाइते भएका छन् भने चार जनाको अवस्था सामान्य रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।

सुर्खेतबाट जाजरकोटका लागि छुटेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उद्धारका लागि हेलिकप्टर पठाइएको जनाईएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्न निर्देशन दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here