आजदेखि बालबालिकालाई कोरोना खोपको बुस्टर डोज दिइँदै


२७ जेष्ठ २०७९, शुक्रबार ०९:४९ मा प्रकाशित

काठमाडौं । सरकारले आजबाट बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिइँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिन लागेको हो ।

पहिलो चरणमा जुन खोप लगाइएको हो, त्यही खोप दोस्रो चरणमा लगाइनेछ । यसअघि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो ।

मन्त्रालयका अनुसार पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयमा सम्पर्क राखेर खोप लगाउन जान सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here