ठगी गरेको आरोपमा एकजना पक्राउ


२६ जेष्ठ २०७९, बिहीबार १८:०९ मा प्रकाशित

काठमाडौं । प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका २० स्थायी ईर भई हाल काठमाडौं महानगरपालिका १० बस्‍दै आएका ३६ वर्षीय उत्सव दाहाल रहेका छन् । उनलाई बिहीबार बालाजुको माछापोखरीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले अजय वाइवालाई वैदेशिक रोजगारकोलागि क्रोएसिया पठाइदिन्छु भनी २ लाख रकम ठगी गरेको प्रहरीको दाबी छ । पक्राउ परेका उनलाई कारबाहीको लागि वैदेशिक रोजगार बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here