गाँजामाथिको प्रतिबन्ध हटाउने दक्षिण–पूर्र्वी एसियामै पहिलो देश थाइल्यान्ड


२६ जेष्ठ २०७९, बिहीबार १७:५८ मा प्रकाशित

काठमाडौं । थाइल्यान्डले गाँजालाई प्रतिबन्धित लागुऔषधको सूचीबाट हटाएको छ ।

कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने भन्दै थाइल्यान्डले गाँजामाथिको प्रतिबन्ध हटाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । थाइल्यान्ड गाँजामाथिको प्रतिबन्ध हटाउने दक्षिण–पूर्वी एसियामै पहिलो देश बनेको छ । अब थाइल्यान्डमा गाँजाको खेती गर्न पाइने छ ।

प्रतिबन्ध फुकुवा भएसँगै सरकारले खेती गर्नको लागि नागरिकहरुलाई गाँजाको १० लाख विरुवा वितरण समेत गर्ने भएको छ । आजदेखि थाइल्यान्डका नागरिकले चाहेमा प्रति परिवार गाँजाका ६ वटा विरुवा सरकारबाट प्राप्त गर्न सक्नेछन भने कम्पनीहरुले अनुमति लिएर गाँजाको खेती गर्न सक्नेछन ।

रेस्टुरेन्टहरुमा गाँजा मिसाइएको खानेकुरा बेच्न तथा उपचारको रुपमा गाँजालाई स्वतन्त्र रुपमा प्रयोग गर्न पाइने भएको छ । गाँजामाथिको प्रतिबन्ध हटेसँगै सरकारले यस सम्बन्धी मुद्दामा जेल बसिरहेका झन्डै ४ हजार कैदीहरु रिहा गर्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here