असारदेखि भदौसम्म सडक खन्न नपाइने


२५ जेष्ठ २०७९, बुधबार ०९:३८ मा प्रकाशित

काठमाडौं । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म (तीन महिना) सडक खन्न स्वीकृति नदिने जनाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले आगामी असार १ देखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने जनाएको हो।

विभागले सूचना जारी गरेर वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रदै जाने भएकोले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक डिभिजनहरू मातहत रहेका कुनैपनि सडक खन्ने स्वीकृति नदिइने जनाएको हो।

कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने समेत विभागले चेतावनी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here