फर्पिङ जङ्गलमा दुई जनाको शव फेला


२३ जेष्ठ २०७९, सोमबार १३:५९ मा प्रकाशित

काठमाण्डौ । फर्पिङ जङ्गलमा दुई जनाको शव फेला परेको छ ।

काठमाण्डौको दक्षिणकाली नगरपालिकाको फर्पिङ जङ्गलमा दुई जनाको शव फेला परेको हो ।

अन्दाजी २०/ २१ वर्षका युवक र युवतीको शव फेला परेको फर्पिङ प्रहरीले जनाएको छ । शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

मृतकको परिचय खुल्न भने सकेको छैन । शव भेटिएको ठाउँ नजिकै विषको बट्टा पनि फेला परेको प्रहरीले जनाएको छ । हत्या वा आत्महत्या केहो भन्नेबारे खुलेको छैन ।

काठमाण्डौ जिल्ला प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धानका लागि घटनास्थलमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here