भुटानलाई ४ विकेटले पराजित गर्दै नेपाल विजयी


२३ जेष्ठ २०७९, सोमबार १३:४९ मा प्रकाशित

काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित निकालेको छ ।

किनरारा ओभलमा सोमबार भुटानलाई ४ विकेटले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो ।

भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा सानु राजवंशीले अविजित रहदै सर्वाधिक ३० रनको योगदान गरिन् ।

साना प्रविनले १२ रन जोड्दा आश्मा पुलामी मगर ३ तथा किरण कुमारी कुँवर २ रनमा आउट भईन् ।

सृष्टि जैसीले ८ रन कप्तान कृतिका मरासिनी २ तथा स्नेहा महरा सुन्य रनमा आउट भईन् ।

एलिशा कुमारी यादव २ रनमा अविजित रहिन् ।

भुटानका सांगे वाङ्मोले ३ तथा अन्जुली घली र सोनमले १/१ विकेट लिए ।

 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो ।

भुटानका लागि कप्तान एन्गावाङ छोडेन र सांगे वाङ्मोले समान ११ रन बनाईन् । पेमा याङ्चेनले ९ तथा छाडो ओमले ६ रन जोडिन ।

नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले २र२ विकेट लिए ।

जितसँगै नेपालले ३ खेलमा ४ अंक जोडेको छ ।

नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो।

तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ ।

 

भुटानको यो लगातार तेस्रो हार हो । अंक विहीन भुटान पुछारमा रहेको छ ।

अब नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here