भरत प्रसाई,मेचीनगर । वातावरण दिवसका अवसरमा मेचीनगरको शुभारम्भ अभियानले डोको तथा डस्टवीन व्यवस्थापनको काम सुरु गरेको छ ।
अभियानले फोहोर व्यवस्थापनका लागि बाटाका छेउमा राख्न डोको तथा डस्टवीन वार्ड नम्वर १० का वडाअध्यक्ष नारायण खनाललाई हस्तान्तरण गरेको हो । हरित शहरको परिकल्पना अनुरुप २०७४ सालमा स्थापना भएको शुभारम्भ अभियानले यस अघि पनि पर्यावरण र स्वास्थ्यका क्षेत्रमा बिभिन्न कार्य गर्दै आएको छ ।
अरु शहरको तुलानामा धुलाबारी फोहोर र प्रद्ुशित बन्दै गएकोले सफा शहर निर्माण गर्नमा नागरिक समाज, स्थानीय प्रशासन र समाजिक सघं सस्थाको प्रभावकारी सहभागिता रहुनु पर्ने शुभारम्भ अभियानका अध्यक्ष केपी शिवाकोटीले बताउनु भयो ।
कार्यक्रमको औचित्य माथि प्रकास पार्दै एम्नेष्टी इन्टरनेशनलका केन्द्रिय उपाध्यक्ष केशव पोखरेलले यस किसिमको कार्यक्रमले निरन्तरता नपाउने भएकोले सोचे अनुरुपको प्रतिफल आउन नसकेको बताउदै स्बच्छ नगर बनाउन सबैको सकृय सहभागिता रहनु पर्नेमा जोड दिनु भयो ।
विगतमा पनि शुभारम्भ अभियानले मेचीनगर नगरपालिकामा फोहोर ब्यवस्थापन गर्ने कर्मचारीलाई सम्मान, कोरोनाले मुलुक आक्रान्त भएका बेलामा मेचीनगरको वार्ड नम्वर १५ मा रहेका अति विपन्न २ सय परिवारमा मास्क वितरण, वार्ड नम्वर १० का एम्बुलेन्स चालकलाई सम्मान लगायतका उत्कृष्ट कार्यक्रम सञ्चालन गरिसकेकको छ । दिवसका अवसरमा नगरका प्रमुख क्षेत्रमा सरसफाई तथा बृक्षारोपण समेत गरिएको छ ।
पहिलो चरणमा १५ स्थानमा डोको तथा डस्टवीन राखेर फाहोर मैला सम्बन्धि सचेतना जगाउन अभियानको शुभारम्भ गरिएको संस्थाका महासचिव कृष्णकुमार पनेरुले बताउनु भयो ।
कार्यक्रममा हाम्रो घुलावारी राम्रो घुलावारीका सयोेजंक नारायण प्रसाई, लोकतन्त्र पोष्टका सम्पादक मोहन काजी न्यौपाने, सूर्योदय टेलिभिजनका दिपेन भेट्वाल, भरत प्रसाई, समाजसेवी सविना बजगाई, त्रिफला राष्ट्रिय पुस्तकालयका प्रेम प्रसाद फलाहारी लगायतको उपस्थिति रहेको थियो ।
े





