धरानमा बन्यो ४० फिट अग्लो बुद्धको मूर्ति


२३ जेष्ठ २०७९, सोमबार ०७:१५ मा प्रकाशित

धरान । सुनसरीको धरानमा ४० फिट अग्लो बुद्धको मूर्ति निर्माण सम्पन्न भएको छ।

धरान ४ मा बनेको बुद्ध मूर्ति आइतबार अनावरण गरिएको छ।

मूर्ति अनावरण गर्दै प्रदेश नं. १ का प्रदेश प्रमुख पर्शुराम खापुङले बुद्धको उपदेश, शिक्षा र ज्ञानले विश्वलाई प्रभावमा पारेको बताउनु भयो।

खापुङले पहिले बुद्धलाई लाइट अफ एसिया भनिँदै आएकोमा अहिले आएर लाइट अफ वर्लड भनेर संसारले स्वीकार्न थालेको बताउनु भयो।

धरान–४ को छोटी मोरङमा निर्माण भएको ४० फिटको बुद्धको प्रतिमा धरानको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रदेश प्रमुखको भनाइ थियो।

सूर्योदय बुद्ध विहारद्वारा ३५ लाख लागतमा निर्माण भएको बुद्धको प्रतिमाले यहाँको पर्यटन प्रवर्द्धनको सुरुवात भएको बताउँदै धरानको जलाधार क्षेत्रको संरक्षण हुने प्रदेश प्रमुखको भनाइ थियो।

विग थाउजेन्ड बुद्ध भनेर १७५ फिट अग्लो बुद्धको प्रतिमा बन्नुले धरानको पर्यटनमा महत्त्वपूर्ण भूमिका हुने खापुङले बताउनु भयो।

कार्यक्रममा सूर्योदय बुद्ध विहारका प्रमुख भिक्षु मेधङकर स्थविरले धरान ४ को छोटी मोरङमा विग थाउजेन्ड बुद्ध निर्माण हुँदा जलाधार क्षेत्र भनिए पनि यहाँको पानी जलाधार क्षेत्र तर्फ नबग्ने र पूर्व मोहडा भइ बग्ने भएकोले यसले जलाधार क्षेत्रलाई असर नगर्ने दाबी गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here