काठमाडौं । खेतीपातीका बेला मलको अभाव भएको भन्दै किसानहरुले बिरोध प्रदर्शन गरेका छन् ।
रासायनिक मलको व्यवस्था तुरुन्त गर्नुपर्ने भन्दै किसानहरुले कृषिमा प्रयोग हुने सामाग्री र धानको बिउसहित प्रदर्शन गरेका हुन् ।
रासायनिक मल तुरुनत उपलव्ध गराउन सरकारलाई दवाव दिन भन्दै नेपाल क्रान्तिकारी किसान संघको अगुवाइमा काठमाडौंमा शान्तिबाटीकामा प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागीहरुले किसानले मल कहिले पाउने, नेपालमै मल कारखाना स्थापना गर, रासायनिक मलको व्यवस्था गर, मूल्यबृद्धि फिर्ता गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागीहरुले मलको अभावमा खेतीपातीमा समस्या भएकाले सरकारले तुरुन्त मलको व्यवस्था गर्नुपर्ने बताए । उनीहरुले असार आउन लाग्दा पनि सहज रुपमा मल पाउन नसकेको गुनासो गरेका छन्।
त्यस्तै उनीहरुले बिउबिजनको व्यवस्था गर्न पनि सरकारसंग माग राखेका छन् ।





