काठमाडौं । सरकारले संसदमा यौन हिंसाविरुद्धका केही ऐन र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक संसदमा पेश गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रतितिनिधिसभाको सचिवालयमा दर्ता गरेको विधेयकलाई मन्त्री गोविन्द शर्माले सदन प्रस्तुत गर्नु भएको हो।
सरकारले गत चैत २२ गते दुईवटा अध्यादेशमार्फत यौन हिंसा र फौजदारी कसुरका कानुनमा संशोधन गरेको थियो।
त्यसअघि गत मंसिरमै जारी भएको अध्यादेशको प्रतिस्थापन विधेयक सदनबाट पारित नहुँदा निष्क्रिय भएको थियो।
सरकारले फेरि त्यहीँ अध्यादेश हुबहु जारी गरेर आइतबार प्रतिस्थापन विधेयक दर्ता गरेको थियो। विधेयकको विषयवस्तु प्रतिस्थापन भए पनि दर्ताका क्रममा भने मुल संशोधनकै रुपमा लगेको छ।





