सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु


१८ जेष्ठ २०७९, बुधबार ११:०७ मा प्रकाशित

बिराटनगर । धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

आज बिहान राती २ बजे धनकुटा नगरपालिका ६ मा धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा खाँदवारी नगरपालिका १० संखुवासभा घर भई धनकुटा नगरपालिका ६ मा डेरा गरी बस्ने २४ बर्षीय पुरन राई घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यसैगरी गत सोमबार साँझ साँढे ६ बजे मोरङको बिराटनगर महानगरपालिका १० मा को ३९ प ७८९५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ८५ बर्षीय मुसा यादबलाई ठक्कर दिंदा घाईते भएका यादवको उपचारको क्रममा हिजो साँझ नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।

दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here