मोटरसाईकल चोरीमा संग्लग्न दुई जना पक्राउ


१८ जेष्ठ २०७९, बुधबार ११:१५ मा प्रकाशित

झापा । जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका दुई जनालाई चोरी भएको ४ थान मोटरसाईकल सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मिक्लाजुङ गाउँपालिका ५ पाँचथरका २१ बर्षीय चन्द्र कुमार योङया र २० बर्षीय सुरेन्द्र भनिने जिवन कुरुङवाङ रहेका छन् ।

गत १३ गते दमक नगरपालिका ६ बाट हराएको मोटरसाईकल खोजतलास गर्ने क्रममा उनीहरुले चलाई रहेको अवस्थामा फेला पारी दुबै जनालाई मिक्लाजुङ गाउँपालिका ६ शखधर चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई सोधपुछ गर्ने क्रममा उनीहरुले नै झापाका बिभिन्न स्थानहरुबाट चोरी गरेका अन्य ३ थान मोटरसाईकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here