काठमाडौं । समयमा नै पाठ्यपुस्तक उपलव्ध नभएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन गर्नुभएको छ ।
आइतबार भक्तपुरको सानोथिमिस्थीत जनक शिक्षाको आकस्मिक अनुगमन गर्दै पुस्तक छपाईको बारेमा जानकारी लिनुभएको हो । जनक शिक्षाले यसअघि समयमा नै पाठ्यपुस्तक पुराउने भनेपनि सोचेजस्तो काम नभएको पाइएपछि शिक्षामन्त्री पौडेलले अनुगमन गर्नुभएको हो ।
अनुगमनका क्रममा मन्त्री पौडेलले पाठ्यपुस्तक छपाई दुई हप्ता ढिलो भएको जानकारी पाएको बताउनुभयो । उहाले १० दिनसम्ममा पुस्तक छापिने जनक शिक्षाले जानकारी गराएको बताउनुभयो । अहिले २० लाख पुस्तक पुग्न बाँकी रहेकाले छिटै ढूवानी हुने उहाले बताउनुभयो । मन्त्री पौडेलले कागजहरु आएर पुस्तक छाप्ने काम तीव्र रुपमा भइरहेको सूचना पाएको जानकारी दिनुभयो ।
उहाले सवै बिद्यार्थीको हातहातमा पुस्तक नपुगेसम्म निरन्तर अनुगमन गर्ने बताउनुभयो ।





