आगामी आर्थिक बर्षको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित


१५ जेष्ठ २०७९, आईतवार १५:४९ मा प्रकाशित

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको हो ।

त्यसअघि राष्ट्रिय योजना आयोगबाट पनि बजेट पास भइसकेको छ ।

आउँदो वर्षको बजेट केहीबेरपछि सङ्घीय संसद्को संयुक्त बैठकमा पेस हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस गर्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here