मोरङमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु


१५ जेष्ठ २०७९, आईतवार १४:०३ मा प्रकाशित
मोरङ । मोरङको बेलबारी नगरपालिका-१० स्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
हिजो बेलुका सवा ७ बजे पुर्व तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३८८७ नम्वरको बस, सडकमा रोकिराखेको को.२ त ८५५९ नम्वरको ट्रयाक्टरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को.१० प ३५९९ नम्वरको मोटरसाइकल ठक्कर लागेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका- ११ मोरङका २३ बर्षीय अनिल चौधरी र २४ बर्षीय राजेश धिमाल घाइते भएका थिए ।
घाइतेहरुलाई तत्काल उपचारको लागि बिराटनगरस्थित कोशी अस्पताल लगिएकोमा चौधरीको अस्पताल पुर्‍याउनसाथ मृत्यु भएको र धिमालको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न सवारी साधन र दुवै चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिइ घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here