ब्रेन ट्युमरबाट पीडित पत्रकार महतको उपचारमा आर्थिक सहयोगको अपिल


१० जेष्ठ २०७९, मंगलवार १३:३० मा प्रकाशित

रौतहट । प्रेस चौतारी नेपाल मधेश प्रदेशका अध्यक्षसमेत रहनु भएका फणी महत ब्रेन ट्युमरबाट पीडित हुनु भएको छ ।

करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय महत अन्नपूर्ण न्युरो अस्पतालमा काठमाण्डौमा उपचार गराईरहनु भएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको ब्रेन ट्युमरको तत्कालै शल्यक्रिया गर्नुपर्ने भएकोले आर्थिक सहयोग गरी उहाँको जिवनरक्षा गरीदिन सम्पूर्ण पत्रकार लगायत आम जनता समक्ष नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष कमल उपाध्यायले अपील गर्नु भयो ।

पत्रकार महतको उपचारमा ठूलो धनराशी खर्च हुने भएकाले इच्छुक व्यक्तिले आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ ।

सहयोग गर्न चाहने इच्छुक व्यक्तिले राष्ट्रिय वाणिज्य बैंकको चपुर रौतहट शाखामा रहेको पत्रकार महतकी पत्नि सुनन्दा कार्कीको बैंक खाता नम्बर १९७०१०००००१२१०१० मा रकम जम्मा गर्न सक्ने नेपाल पत्रकार महासंघ बाराले जनाएको छ ।

अन्नपूर्ण पोष्टका रौतहट संवाददाता रहनू भएका महत रौतहटको चन्द्रनिगापुरबाट सञ्चालक रेडियो सुप्रिम र कलमपाटी डटकम अनलाइन पत्रिकाको सञ्चालक पनि हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here