कनकाई । स्थानीय तह निर्वाचनमा झापाको कनकाई नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई एक कार्यक्रमका विच प्रमाण पत्र वितरण साथै सपथ ग्रहण गराइएको छ ।
कनकाई नगरपालिकास्थित निर्वाचन आयुक्त दिपक कोइरालाले नवनिर्वाचित नगर प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँसहित कनकाईका नौ वटै वडाका वडाअध्यक्ष र अन्य निर्वाचित सबै सदस्यहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको छ ।
नवनिर्वाचित नगर प्रमुख पोखरेलले सोमबार जिल्ला अदालत झापाको सभाहलमा झापाका मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमबाट सपथ लिनुभएको थियो । यसैगरी कनकाईमा नवनिर्वाचित नगर प्रमुख पोखरेलले उपप्रमुख आशा शर्मा शिवाकोटीसहित सम्पूर्ण वडाअध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।
कनकाई नगरपालिका प्रमुखमा नेकपा एमालेका तर्फबाट निर्वाचित पोखरेलले दोस्रो कार्यकालको जिम्मेवारी प्राप्त गर्नुभएको हो । ।
पदभार ग्रहण गर्दै नगर प्रमुख पोखरेलले कनकाईको समृद्धिकालागि स्रोत साधनले समुन्नत बनाएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।
आगामी कार्यकालमा नयाँ चिन्तनका साथ अघि बढ्ने योजना रहेको बताउँदै नवनिर्वाचित नगर प्रमुख पोखरेलले सरकारबाट आएको बजेटमा मात्र सिमित नरही नगरवासीको ईच्छाअनुसार कार्य सम्पादन गर्नकालागि नगरको स्रोत साधनलाई थप व्यवस्थित बनाउँने बताउँनुभएको छ ।





