पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन


९ जेष्ठ २०७९, सोमबार १४:१३ मा प्रकाशित

 काठमाण्डौ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु क्रान्तिकारी विरोध प्रदर्शन गरेको छ ।मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको कार्यालय टेकु अगाडि सोमबार प्रदर्शन गरेको हो ।पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता क्रान्तिकारीले माग गरेको छ । निगमले गए रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँ मूल्यवृद्धि गरेको थियो भने खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २०० बढाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here