झापाका ११ पालिकाका प्रमुख र अध्यक्षद्वारा सपथग्रहण


९ जेष्ठ २०७९, सोमबार १२:२८ मा प्रकाशित

बिर्तामोड । झापाका नवनिर्वाचित स्थानीय तहका प्रमुख र अध्यक्षहरुले सपथग्रहण गरेका छन् । झापा जिल्ला अदालतमा आयोजित सपथग्रहण कार्यक्रममा प्रमुख र अध्यक्षहरुले सपथ लिएका हुन् ।

झापाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले प्रमुख र अध्यक्षहरुलाई सपथ खुवाएका छन् ।

मुख्य निर्वाचन अधिकृत गौतमबाट सपथ लिएका प्रमुख र अध्यक्षहरुले उपप्रमुख, उपाध्यक्षसहित वडाध्यक्ष, सदस्यहरुलाई सपथ गराउने छन्  ।

झापाको मेचीनगर बाहेकका पालिका प्रमुख र अध्यक्षहरुको सपथग्रहणसँगै आजै १ बजे सबै पालिकामा सपथ गराउने कार्यक्रम आयोजना गरिएको छ ।

सपथ ग्रणह गराउँदै जनप्रतिनिधिहरुलाई जनताको सेवामा जिम्मेवार भएर लाग्न आग्रह गरिएको छ ।

साना मसिना मुद्धाले स्थानीय तहको बद्नाम भइरहेको स्मरण गराउँदै आम नागरिकको जीवनमा परिवर्तन ल्याउने गरी जिम्मेवार भएर काम गर्न आग्रह गरिएको हो ।

सपथग्रहण कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जिसस झापाका प्रमुख सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, निर्वाचन अधिकृतहरु, सहायक निर्वाचन अधिकृत र सञ्चारर्कीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here