देशभर चट्याङसहित वर्षाको सम्भावना


९ जेष्ठ २०७९, सोमबार ११:४६ मा प्रकाशित

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका अन्य भू भागमा आंशिकदेखि सामान्यता सफा रहेको छ भने साथै वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

आज सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका केही स्थानहरुमा र मेघ गर्जन र चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

त्यस्तै आज राति लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here