शिवसताक्षी नगरमा मेयर तथा उपमेयरमा एमालेका उम्मेदवार विजयी


९ जेष्ठ २०७९, सोमबार ११:२४ मा प्रकाशित

झापा । शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित भएका हुन्  ।

उपमेयरमा एमालेकी नरमाया कार्कीले १४ हजार १५५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका महेन्द्र भट्टराईले नौ हजार ५२५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here