काठमाडौं । लुम्बिनीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किंएकाले फर्कन सकेको छैन् ।
आइतबार राती २ बजे १ सय २१ यात्रु लिएर भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा विमान चरासँग ठोक्किंएको जनाइएको छ ।
आइतबार राती नै यताबाट फर्कनुपर्ने विमान अहिलेसम्म फर्कन नसकेको हो। चरा ठोक्किएपछि विमान फर्किन नसकेको हो ।
विमानको ककपिट अगाडिको सिसामा रगत लागेको देखिएको तर चरा कतै विमानस्थलमा नदेखिएकाले विमानको इन्जिनमै छिरेको आशंकामा चेक जाँचका लागि विमान होल्ड गरिएको विमानस्थलले जनाएको छ।





