पेट्रोलियम पदार्थको मूल्य पुन: बढ्यो, पेट्रोलको मूल्य अब १८० रुपैयाँ प्रतिलिटर


८ जेष्ठ २०७९, आईतवार २१:३८ मा प्रकाशित

झापा । पेट्रोलियम पदार्थको मूल्य पुन: बढेको छ ।

वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको निगमले ८ दिनपछि आज मध्यरातबाट लागू हुने गरी मुल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० का दरले वृद्धि गरेको छ । अबदेखि पेट्रोलको मूल्य लिटरको १८० पुगेको छ भने डिजेल, मट्टितेलको मूल्य १६३ पुगेको छ ।

खाना पकाउने ग्यासमा दुई सय रुपैयाँ बृद्धि गर्दै १८०० पुर्‍याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here