बिर्तामोडका नवनिर्वाचित जनप्रतिनिधीलाई प्रमाणपत्र वितरण


८ जेष्ठ २०७९, आईतवार २०:०८ मा प्रकाशित

बिर्तामोड नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीलाई आज प्रमाणपत्र वितरण गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय बिर्तामोडले उहाँहरुलाई बिर्तामोड नगरपालिका भवनमा आयोजित एक समारोहकाबीच बिजयी प्रमाणपत्र बितरण गरेको हो । कार्यक्रममा ५२ जना जनप्रतिनिधिलाई प्रमाणपत्र बितरण गरिएको थियो । निर्वाचन अधिकृत डम्वरप्रसाद काफ्लेले नगर प्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्र संग्रौलासहित निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणपत्र बितरण गर्नुभयो । प्रमाणपत्र वितरण गर्दै अधिकृत काफ्लेले निर्वाचित जनप्रतिनिधिको नेतृत्वमा स्थानीय तहको कार्यक्षमता बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपाने, बिर्तामोडका डीएसपी रुगम कुँवर लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मेयर प्रसाईले निर्वाचनमा अहोरात्र खटिने कर्मचारीलाई धन्यवाद दिनुभयो । उहाँले जनप्रतिनिधि मालिक नभई जनताको सेवकका रुपमा खट्नुपर्ने बताउनुभयो । जनताका हरेक समस्या र सुखदुःखमा जनप्रतिनिधि साथी हुनुपर्ने उहाँको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here