झापा । गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै जना महिला निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसकी उम्मेद्वार फुलवती राजवंशी अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
यस्तै, नेकपा एमालेको उम्मेद्वार पुजन न्यौपाने उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।
आइतबार राति सार्वजनिक अन्तिम मत परिणाममा अध्यक्षमा निर्वाचित राजवंशीले एमाले उम्मेदवार विजयकुमार अग्रवाललाई २ हजार ३ सय ५९ मतान्तरले पराजित गर्नु भएको हो ।
राजवंशीले ५ हजार ६ सय ८९ तथा पराजित अग्रवालले ३ हजार ३ सय ३० मत पाउनु भएको थियो ।
गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कुँवरले कांग्रेसका मखना महतोलाई ९ सय ३० मतान्तरले पराजित गर्नुभयो । न्यौपानेले ४ हजार ७ सय ५५ तथा महतोले ३ हजार ७ सय ९५ मत पाउनु भएको हो ।





