अर्जुनधारामा नेकपा एमालेको बृहत बिजय र्याली


८ जेष्ठ २०७९, आईतवार १९:५३ मा प्रकाशित

अर्जुनधारा । स्थानीय तह निर्वाचनमा अर्जुनधारा नगरपालिकाको प्रमुख उपप्रमुखसहित बहुमत सदस्यहरु जितेको नेकपा एमालेले आज विजयी जुलुस निकालेको छ ।

अर्जुनधारा नगरपालिकाको मेयरमा बलदेव गोम्देन तामाङ र उपमेयरमा खड्गमाया पराजुलीसहित बहुमत पालिका सदस्यहरु जितेको एमालेले आज विजयी र्याली निकालेको हो । शनिश्चरे बजारमा बजारमा र्याली सुरु हुन अघि एमाले नेता अग्नि खरेलले सम्बोधन गर्नुभएको थियो। उहाँले अर्जुनधारामा एमालेको बहुमत पुगेकाले अबको नगरपालिकाको विकास जनता सामु एमालेले लगेको घोषणापत्र को आधारमा गरिने बताउनु भयो । एमाले झापा इन्चार्ज नेता खरेलले गठबन्धनका विजयी उम्मेद्वारहरुलाई समेत शुभकामना दिँदै जनताको काम गर्न एमालेका जनप्रतिनिधिसंग मिलेर जान सुझाव दिनुभयो ।

शनिश्चरे बजारबाट सुरु भएको र्यालीले ११ वटै वडाको बिभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । एमालेबाट वडा नं. ७ का नवनिर्वाचित वडाअध्यक्ष गोविन्द खतिवडाको टीम, वडा नं. ११ का वडाअध्यक्ष खगेन्द्र इङ्नामको टिम, वडा नं. १० का वडाअध्यक्ष भुपेन्द्र न्यौपानेको टिम र वडा नं. ८ का वडाअध्यक्ष कुमार उप्रेतीको टिमसहितका अन्य वडामा वडा सदस्य पदमा निर्वार्चित जनप्रतिनिधिहरुको र्यालीमा सहभागिता रहेको थियो । विजयी र्यालीमा संबिधान सभा सदस्य प्रेमबहादुर गिरी, प्रदेश सांसद बृख प्रधान, निवर्तमान उपप्रमुख कमला आचार्य, लगायतका एमाले नेता कार्यक्रता तथा सुभचिन्तकहरुको उपस्थीति रहेको थियो ।

प्रमुख पदमा एमालेका निर्वाचित गोम्देनले ५ हजार ४२६ मतको अन्तरले पछि पार्दै गठबन्धनको तर्फबाट कांग्रेसकी रञ्जीता कार्कीलाई पराजित गर्नुभएको थियो । गोम्देनले १९ हजार १६९ मत पाउदाँ कार्कीले १३ हजार ७४३ मत पाउनु भएको थियो । त्यस्तै उपप्रमुख खड्गमाया पराजुलीले १७ हजार ६३७ मत पाउँदा गठबन्धनका जीतेश योञ्जनले ९ हजार ७१ मत पाउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here