झापा । स्थानीय तह निवार्चन २०७९ अन्तर्गत झापाको भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित हुनुभएको छ।
भद्रपुरका नगर प्रमुख पदमा भएको निर्वाचनमा १२ हजार ५ सय २५ मतका साथ नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित हुनु भएको हो ।
प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार असारु राजवंशीले ९ हजार ७ सय ५९ मतका साथ उपविजेता बन्नु भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवराज पनेरुले ६ हजार ३ साय १० मत प्राप्त गर्नु भएको छ ।
उप-प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्कीले ९ हजार २ सय ३० मत प्राप्त गरी विजयी हुनुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार शिव कुमार राजभण्डारीले ८ हजार ५ सय ३३ मत पाउनु भएको छ।





