फिदिम नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले निर्वाचित


५ जेष्ठ २०७९, बिहीबार ०७:३९ मा प्रकाशित

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका उम्मेद्वार पृथ्वी लावतीलाई ६०१ मत अन्तरले हराँउदै काफ्ले फिदिमको मेयर बन्न सफल हुनुभएको हो । काफ्लेले ९६२८ मत पाँउदा लावतीलाई ९०२७ मत प्राप्त भएको छ ।

यस्तै उपमेयर पदमा नेकपा माओवादी केन्द्रका राधाकृष्ण नेउपाने निर्वाचित हुनुभएको छ । राप्रपाका जगत थापा मगरलाई ३१९५ मतका्े फराकिलो मत अन्तरले हराँउदै न्यौपाने उप मेयर पदमा निर्वाचित हुनुभएको हो । नेउपानेले ८७७३ मत पाउँदा थापाले ५५७८ मत पाउनु भयो ।

१४ वटा वडा रहेको फिदिम नगरपालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले ९ वटा वडा सहित मेयर र उप मेयर जितेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here