कनकाईको मेयरमा एमालेका पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित


४ जेष्ठ २०७९, बुधबार ०४:२५ मा प्रकाशित

झापा । झापाको कनकाई नगरपालिकाको प्रमुखमा राजेन्द्र पोखरेल पुन निर्वाचित हुनुभएको छ ।
नगर प्रमुखमा पोखरेलसँगै उपप्रमुख पदकालागि नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेकी आशा शर्मा शिवाकोटी निर्वाचित हुनु भएको हो ।

आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरीयालाई २ हजार १२ मतको अन्तरले पछि पार्दै नेकपा एमालेका तर्फबाट उम्मेद्वारी बनेका पोखरेल कनकाई नगरपालिकाको प्रमुखमा पुन: निर्वाचित हुनुभएको हो।

उहाँले ८ हजार ६ सय ७३ मत प्राप्त गरी विजयी बन्नुभएको हो भने निकटतम प्रतिद्वन्दी कांग्रेसका चिमरीयाले ६ हजार ६ सय ६१ मत प्राप्त गर्नुभयो ।
उपप्रमुख पदकालागि नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बन्नु भएकी आशा शर्मा शिवाकोटीले एमाले तर्फकी उपमेयरकी उम्मेद्वार मन्जु प्रसाईंलाई १ हजार ८ सय ६८ मतको अन्तरले पछि पार्दै विजयी बन्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here