हल्दीबारीको अध्यक्ष तथा उपाध्यक्षमा राप्रपाका लिङ्देन र मैनाली विजयी


४ जेष्ठ २०७९, बुधबार ०६:१६ मा प्रकाशित

झापा। झापाको हल्दिवारी गाउँपालिका अध्यक्षमा राप्रपाका रविन्द्र लिङ्देन निर्वाचित हुनु भएको छ।

लिङ्देन दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी हुनु भएको हो।

उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली विजयी हुनु भएको छ।

लिङ्देनले ५८५६ मत ल्याउनु भयो भने उहाँका प्रतिस्पर्धी एमालेका डम्बर गिरीले ४२०५ मत मात्र पाउनु भयो ।

यस्तै उपाध्यक्षमा निर्वाचित मैनालीले ४४१९ मत ल्याउनु भयो भने उहाँकी प्रतिस्पर्धी एमालेकी शान्तिदेवी गौतमले ३६९७ मत पाउनु भयो । हल्दिवारी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृह पालिका हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here