स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिएः बाबुराम भट्टराई


३ जेष्ठ २०७९, मंगलवार १९:४९ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा सेटिङ गरेर लाभ लिएको बताउनु भएको छ।

संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले आफू विगतदेखि नै गठबन्धनको विपक्षमा रहेको उल्लेख गर्दै स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल नभएको बताउनु भयो । उहाँले गठबन्धनभित्र जुन सिद्धान्त अपनाइएको थियो, त्यसको पालना कसैले नगरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,  ‘गठबन्धनको विषयमा त मेरो पहिलेदेखि नै धारणा थियो, यो स्थानीय तहका मुद्दाहरू, स्थानीय जनतालाई पार्टी नेताहरूलाई थाहा हुन्छ । केन्द्रबाट नै गरेर टुंगो लाग्ने विषय यो होइन । त्यसैले हामीले जुन अलिकति अभ्यास गर्न खोजियो त्यो सफल भएन । केही दलहरूलाई खासगरी कांग्रेस र माओवादीलाई उहाँहरूले अलिकति सेटिङ गर्नुभयो केही लाभ भयो । तर, त्यो पनि उहाँहरू आपसमा तल मिलेजस्तो देखिएन । जे सिद्धान्त अपनाइएको थियो, त्यो कसैले पनि पालना गरेन । त्यस अर्थमा पनि स्थानीय चुनावमा गठबन्धन गर्नु उपयुक्त छैन भन्ने मेरो राय हो त्यसमा म अहिले पनि दृढ छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here