काठमाडौं महानगरपालिकाः मतगणना भइरहेका सबै वडामा बालेनको अग्रता


३ जेष्ठ २०७९, मंगलवार १५:३२ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा मत गणना भएका सबै वडामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बनाएका छन्।

मंगलबार अपराह्न ३ बजेसम्म भएको गणनामा स्वतन्त्र उम्मेदवार साहले ११ हजार ४३४ मत पाउनु भएको छ। दोस्रो नम्बरमा रहेका नेकपा (एमाले)का केशव स्थापितले ६ हजार २५८ र नेपाली कांग्रेसकी सिर्जना सिंहले पाँच हजार ४०८ मत पाउनु भएको छ।

अहिलेसम्म काठमाडौंका नौ वटा वडामा मतगणना भइरहेको छ। स्वतन्त्र उम्मेदवार साहले काठमाडौं–१ मा ७८३ मत पाउनु भएको छ भने स्थापितले ३६५ र सिंहले ४५१ मत पाउनु भएको छ।

त्यस्तै, वडा नं. २ मा साहले १२ सय २०, स्थापितले ७२८ र सिंहले ४१७ मत पाएका छन्। वडा नंं ३ मा साहले १७ सय ८९, स्थापितले ९३८ र सिंहले ८८५ मत पाएको निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ।

यसैगरी, वडा नंं ४ मा साहले २१ सय ९८, स्थापितले ११८२ र सिंहले ८९०, वडा नंं ५ मा साहले एक हजार ४२, स्थापितले ७८७ र सिंहले ५३७ मत पाएका छन्। वडा नं. ६ मा पनि अग्रता लिइरहेका साहले ६६७ मत पाउनु भएको छ भने स्थापितले ४१२ र सिंहले ५५० मत पाएका छन्।

काठमाडौं–३२ मा साहले २४ सय ५० मत पाउनु भएको छ भने स्थापितले ११ सय १२ र सिंहले ९०३ मत पाएका छन्। वडा नं. ३१ मा साहले ११ सय ७१ मत पाउनु भएको छ भने स्थापितले सात सय र सिंहले ६४७ मत पाएका छन्।

अहिले वडा नं. ३० को पनि मतगणना शुरू भएको छ। जसमा साहले ११४, स्थापितले ३४ र सिंहले ४८ मत पाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here