इलाम । इलाम नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसका काजी बहादुर श्रेष्ठ वडाध्यक्षमा विजयी हुनु भएको छ । उहाँसँगै नेपाली कांग्रेसको प्यानल नै निर्वाचित भएको हो ।
वडा नम्बर ५ का निर्वाचित श्रेष्ठले नेकपा एमालेका उम्मेदवार गृष्म सुब्बालाई १७२ मतको मतान्तरले पराजित गर्नु भएको छ । श्रेष्ठले १४१८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्दी एमालेका सुब्वाले १२४६ मत प्राप्त गर्नु भएको थियो ।
वडाध्यक्ष श्रेष्ठसँगै सदस्यहरुमा बसन्ती नुगो (लिम्बु), दलित महिला सदस्यमा कञ्चन रसाइली, सदस्यहरुमा गौतम गुरुङ र प्रमोनन्द दुलाल (प्रकाश) विजयी हुनु भएको हो ।





