जनमतको आधारमा एमाले नै देशको ठूलो पार्टीः ईश्वर पोखरेल


३ जेष्ठ २०७९, मंगलवार १४:४८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनमतको आधारमा एमाले नै देशको ठूलो पार्टी भएको दावी गर्नुभएको छ ।

२९ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंको पुरानो एमाले मुख्यालय बल्खुमा आयोजना भएको कार्यक्रममा पोखरेलले एमालेको पक्षमा संख्यात्मक रुपमा कम जित आए पनि मत परिणामले पनि आफ्नो पार्टीमा जनमत बलियो रहेको दावी गर्नुभएको हो ।

उहाँले आगामी दिनमा पनि जनमतमा टेकेर लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने जिकिर गर्नुभयो । यसअघिपनि गठबन्धनले निर्वाचनलाई टार्ने प्रयास गरेपनि एमाले नै बिफल बनाएको उहाँको भनाइ छ ।

उहाँले जनताहरुको पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने आवश्यक्ता अझै पनि रहेको उहाले बताउनुभयो ।

त्यस्तै महासचिव शङ्कर पोखरेलले देशलाई कमजोर बनाउने बहाना एमालेलाई मान्य नहुने धारणा राख्नुभयो । उहाँले निर्वाचनको मतपरिणामलाई आफु अनुकुलको बनाउन खोज्ने गठबन्धनको षडयन्त्रलाई बिफल बनाउनुपर्ने बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here