काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि रहनु भएको छ।
काठमाडौं महानगरपालिकामा अहिलेसम्म २५ हजार २८८ मतगणना सकिएको छ ।
पछिल्लो मत परिणामानुसार स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले १० हजार ४८१ मत प्राप्त गर्नु भएको छ । नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले पाँच हजार ६१८ मत ल्याउनु भएको छ ।
नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले चार हजार ६ मत पाउनु भएको छ।





