खराबले जितेको ठाउँमा अर्को खराबलाई भोटः बाबुराम भट्टराई


३ जेष्ठ २०७९, मंगलवार १२:१० मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जनताले एउटा खराबले जितेको ठाउँमा अर्को खराबलाई वा नयाँ व्यक्तिलाई भोट दिएको विश्लेषण गर्नु भएको छ ।

स्थानीय तहको चुनाव अन्तर्गत देशभर मतगणना जारी छ । परिणाम धमाधम सार्वजनिक भइरहेका बेला भट्टराईले ट्वीट गर्दै यस्तो विश्लेषण गर्नु भएको हो।

उहाँले भन्नु भएको छ, ‘समग्र समीक्षा हुँदै गर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्नसकिन्छ–जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन् !,’ उनले लेखेका छन्, ‘नो भोटको प्रावधान नहुँदा र सत्तामा शून्यता हुन नसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा (भक्तपुर बाहेक)अहिले अर्को खराबलाई वा नयाँ व्यक्तिलाई हाल्दैछन् ! दुःखद् कुरा विकल्प पनि छैन !’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here