हल्दीबारी गाउँपालिकामा एमालेले खाता खोल्यो, वडा नं ३ मा प्यानल नै विजयी


३ जेष्ठ २०७९, मंगलवार ०९:३६ मा प्रकाशित

झापा । झापाको हल्दीबारी गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ ।

३ नम्बर वडाध्यक्षसहित प्यानल नै एमालेले जितेको छ ।  एमालेका तर्फबाट उम्मेदवार बनेका विष्णुप्रसाद ओली वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

उहाँले राप्रपाका बमबहादुर कन्दङ्वालाई पराजित गर्नु भएको हो । ओलीले ८६८ मत ल्याउँदा कन्दङ्वाले ८१२ मत पाउनु भयो ।

त्यस्तै सदस्यमा खुल्लातर्फ एमालेका अजितकुमार विष्ट ८८८ , कर्ण भण्डारी ८५८ , महिला सदस्यमा विष्णुमाया तिम्सिना ९१९ र दलित महिला सदस्यमा शर्मिला विश्वकर्मा ९८० मत ल्याएर निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here