झापा । झापाको कनकाई नगरपालिकाको ताजा मत परिणाम अनुसार मेयर पदमा नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान मेयर राजेन्द्र पोखरेलले मतान्तर फराकिलो बनाउनु भएको छ।
ताजा मत परिणाम अनुसार पोखरेलले ६६११ मत पाउनु भएको छ। उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका रुद्र चिमरियाले ४९५३ मत ल्याउनु भएको छ। त्यसैगरी स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले ४७०२ मत पाउनु भएको छ।
थापा मतगणनाको सुरुवाती क्रममा अग्र स्थानमा हुनुहुन्थ्यो। अहिले उहाँ तेस्रो स्थानमा हुनुहुन्छ।
उपमेयरतर्फ नेपाली कांग्रेसकी उम्मेदवार आशा शर्माले ८०८७ मत पाएर अग्रस्थानमा हुनुहुन्छ।
नेकपा एमालेकी उम्मेदवार मञ्जु प्रसाईंले ६८०७ मत पाउनु भएको छ भने राप्रपाकी उम्मेदवार सचित्रा खनाल चुँडालले १३७८ मत ल्याउनु भएको छ।





