भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोचक बन्दै गएको छ।
वडा नम्बर ४ को मतगणना सकिंदासम्म माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम राख्नु भएको छ । उहाँले ५ हजार ७१८ मत पाउनु भएको छ ।
उहाँलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६८९ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ६८८ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ मतसहित अग्रता लिनु भएको छ । राप्रपाकी हिमला गुरुङको पक्षमा ४ हजार ६४५ मत परेको छ ।





