काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह चुनावको अहिलेसम्म २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ।
मंगलबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाममा नेपाली कांग्रेसले ४६ प्रतिशत बढी पालिकामा जित हात पारेको छ।
अहिलेसम्म कांग्रेसले १०६ पालिका प्रमुख/उपाध्यक्ष जितेको छ भने एमालेले ६० पालिकामा जित हात पारेको छ। माओवादी केन्द्रका ५० पालिकामा विजय हासिल गरेको छ।
नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, नेमकिपा, जनमोर्चालगायत दलहरूले पनि केही पालिकामा जित हात पारेका छन्।





