दमक नगरपालिकाको मेयरमा राप्रपाका थापाको अग्रता कायमै


२ जेष्ठ २०७९, सोमबार ११:५८ मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा मेयर पदका राप्रपाका उम्मेदवार राम थापाले अग्रता कायमै राख्नु भएको छ ।

थापाले ५ हजार ९१ मत ल्याउँदा एमालेकी गिता अधिकारीले ४ हजार ४ सय ९५ मत पाउनु भएको छ ।

उपप्रमुखतर्फ कांग्रेसकी रेगिना भट्टराईले पनि अग्रता कायमै राख्नु भएको छ ।

रेगिनाले ४ हजार ९ सय ४३ मत ल्याउनु भएको छ भने एमालेका अम्बिका खनालले ४ हजार ३ सय ४४ मत पाउनु भएको छ ।

दमकमा राप्रपालाई गठबन्धनले सहयोग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here